ओलीले मंसिर १५ भित्र एमालेले बहुमतको सरकार बनाउने

ओलीले मंसिर १५ भित्र एमालेले बहुमतको सरकार बनाउने

कहिरन समाचार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १५ भित्र एमालेले बहुमतको सरकार बनाउने बताएका छन् । आइतबार अपरान्ह बालकोटमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘चुनावले राम्रो नतिजा आउने अपेक्षा गरेको छु । तरपनि युवाहरूलाई आवेग र भावनामा बगाउने खालका प्रयास भएका छन् । तर सचेत नेपाली जनताले परास्त गरेको देख्छु’, ओलीले मतदान गर्न बाँकी रहेका मतदाताहरूलाई पनि आग्रह गरेका छन् । उनले आजको दिन देशकै लागि महत्वपूर्ण रहेको पनि बताए ।

उनले रौतहट, रोल्पा, चितवन लगायतका स्थानमा केही घटना भए पनि समग्रमा निर्वाचन शान्तिपूर्ण भएको आफूले पाएको बताए । ‘चितवनको घटनामा विप्लवको पार्टीका कुराहरु आएका छन् । यस्ता केही अप्रिय कुराहरु आए पनि आम रुपमा राम्रै भएको छ । अप्रिय भएका ठाउँमा दोहोर्याएर गर्नुपर्ने हुन्छ’, ओलीको भनाइ छ ।