नागरिकता विधेयक प्रमाणीकरण विषयको रिटको सुनुवाइ राष्ट्रपति संस्थाकै अपमान : शीतल निवास

नागरिकता विधेयक प्रमाणीकरण विषयको रिटको सुनुवाइ राष्ट्रपति संस्थाकै अपमान : शीतल निवास

कहिरन समाचार

राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा परेको रिटमाथि सर्वोच्च अदालतले सुनुवाइ गर्नु राष्ट्रपति संस्थाकै अपमान भएको जिकिर गरेको छ ।सोमबार राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा राष्ट्रपतिले गरेको काम कारबाहीउपर अदालतमा मुद्दा नलाग्ने कानुनी व्यवस्था रहेको स्मरण गराइएको छ । यसरी कानुनले प्रष्ट तोकेको विषयमा रिट दर्ता हुनु र सुनुवाइ हुनु राष्ट्रपति संस्थाकै अपमान भएको लिखित जवाफमा दावी गरिएको छ ।