रवीन्द्र मिश्रले अब आफूलाई कसैले आर्थिक सहयोग नगर्नुहुन आग्रह गरे

रवीन्द्र मिश्रले अब आफूलाई कसैले आर्थिक सहयोग नगर्नुहुन आग्रह गरे

कहिरन समाचार

राप्रपाका उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार रवीन्द्र मिश्रले अब आफूलाई कसैले आर्थिक सहयोग नगर्नुहुन आग्रह गरेका छन् ।

निर्वाचन खर्चका लागि सार्वजनिक आव्हान गरेको सो यस अवधिका लगभग २५ लाख आर्थिक सहयोग जुटेकोले अब सहयोग बन्द गर्न उनले आग्रह गरेका हुन् । निर्वाचन आयोगको २५ लाखसम्म खर्च गर्न पाउने सीमा ताेकेको र आफू सोही सीमाभित्र रहेर निर्वाचन खर्च गर्ने पनि मिश्रले दाबी गरे ।

गत निर्वाचनमा  पनि आफूले २५ लाखभित्र नै चुनाव खर्च गरेको स्मरण गर्दै मिश्रले आफ्नो चुनावी तयारी राम्रो भएको पनि बताएका छन् । साथै मिश्रले निर्वाचन खर्च सीमा निर्वाचन आयोगले तोकेभन्दा बढी हुने गरेको देखिएकोले अनुगमनलाई तीव्र बनाउन पनि आयोगलाई आग्रह गरेका छन् ।