रविको गाडी तोडफोड

रविको गाडी तोडफोड

कहिरन समाचार

चितवनबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सहभागी रवि लामिछानेको चुनाव प्रचारमा प्रयोग गरिएको गाडीमा ढुंगा प्रहार भएको छ  । मुग्लिङ सडक खण्डमा गाडी तोडफोड भएको सूचना आएको चितवनका एसपी नवराज अधिकारीले बताए ।

उनले भने–‘गाडीमा सामान्य क्षति पुगेको सूचना आएको छ, हाम्रो टोली पुगेर बुझ्दै छ ।’ राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछाने चितवन–२ बाट निर्वाचन प्रतिस्पर्धामा छन् ।