प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेताले चितवनमा सम्बोधन गर्ने

प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेताले चितवनमा सम्बोधन गर्ने

कहिरन समाचार

लोकतान्त्रिक–वाम गठबन्धनले शनिबार यहाँ आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरू आउने भएका छन् ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, डा.बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलले जानकारी दिए ।

यस्तै नेकपा (एमाले)ले पनि चितवनमा चुनावी सभा गर्दैछ । कात्तिक २८ गते गर्ने सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओली चितवन आउने कार्यक्रम रहेको एमाले चितवनले जनाएको छ ।