मेरो जीवन जनताकै सेवामा हुनेछ: ईश्वर पोखरेल

मेरो जीवन जनताकै सेवामा हुनेछ: ईश्वर पोखरेल

कहिरन समाचार

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले आफ्नो जीवन जनताको सेवामा लगाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका उनले जनताको घरदैलोमा पुगेर आफू बिजयी भएपछि विकास निर्माणका बाँकी काम गर्ने पनि बताए।

‘म विजयी भएर आएपछि बाँकी रहेका विकास निर्माणका काम पूरा गर्नेछ, मलाई विजयी गराउनुस्, मेरो पूरै जीवन तपाईँहरूको सेवामै हाजिर छ,’ उनले भने।

उपाध्यक्ष पोखरेलले आफूले विगतमा पनि विकास निर्माण र जनताको दुःखमा साथ दिएको हुँदा आफूलाई विजयी गराउने विश्वास व्यक्त गरेका थिए।

घरदैलोका क्रममा स्थानीयले सडक निर्माण, खानेपानी, बिजुली, शिक्षा र स्वास्थ क्षेत्रमा विगतमा जस्तै ध्यान दिन आग्रह गरेका छन्।