उपमेयर डंगोल : निर्वाचन आचार संहिताको पालनामा संवेदनशील छु

उपमेयर डंगोल : निर्वाचन आचार संहिताको पालनामा संवेदनशील छु

कहिरन समाचार

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र पारदर्शी रूपमा सम्पन्न गर्ने कुरामा आफ्नो तर्फबाट आयोगलाई पूर्ण सहयोग रहने बताएकी छन्।

आज निर्वाचन आयोगलाई एक पत्र लेखेर उनले जानकारी गराएकी हुन्।

‘त्यहाँ आयोगबाट भैरहेको काम कारबाहीबारे म जानकार छु र काठमाडौं महानगरपालिकाको उपप्रमुखको हैसियतले गर्नुपर्ने आचार संहिताको परिपालना समन्वय र सहयोगको लागि समेत संवेदनशील रहेको व्यहोरा अनुरोध गर्दछु,’ उनले पत्रमा लेखेकी छन्, ‘आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम पालना गर्नुपर्ने आचारसंहिता र आचरणको पालना गरिहरको छु। आगामी मंसिर ४ मा हुने निर्वाचनलाई केन्द्र बनाई अफवाह फैलाउने, गलत सूचना तथा व्यहोरा सम्प्रेष्ण्ण गर्ने, आचारसंहिता विपरीत मेरो नामबाट नक्कली परिचय खडा गरी सामाजिक सञ्जालको दुरूपयोग गर्ने काम भैरहेको देखिएकाले सो कार्यप्रति मेरो ध्यानाकार्षण भएको छ।’

उनले त्यस्तो कार्यप्रति गम्भीर आपत्ति रहेको भन्दै त्यस्तो कानुनविपरीत कार्य गर्ने–गराउनेको पहिचान गरी आवश्य कारबाही गर्न गराउन आग्रह पनि गरेकी छन्।

उनले आफूले प्रयोगमा ल्याएको आधिकारिक सामाजिक सञ्जालहरूको व्यहोरा समेत पत्रमा उल्लेख गरेकी छन्।