प्रदीप पौडेल र कलाकार हरिवंशबीच भेट

प्रदीप पौडेल र कलाकार हरिवंशबीच भेट

कहिरन समाचार

नेपाली कांग्रेसका नेता प्रदीप पौडेल र कलाकार हरिवंश आचार्यबीच भेटघाट भएको छ।

पौडेल सत्ता गठबन्धनका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छन्।

बुधबार पौडेलले घरदैलो अभियानका क्रममा बूढानिलकण्ठ ४ स्थित आचार्यकै घरमा उनलाई भेटेका हुन्।

आचार्यले पौडेललाई सफलताको शुभकामना दिएका थिए।

आचार्यले आफूले कसैका पक्षमा मत नमाग्ने सार्वजनिक रूपमा यसअघि नै बताइसकेका छन्।

पौडेलले काठमाडौं महानगरपालिका ५ हाँडीगाउँबाट घरदैलो सुरू गरेका थिए। उनी असोज २४ देखि घरदैलो अभियानमै छन्।