मन्त्री चौधरीद्वारा बाढी पीडितलाई १३ लाखको खाद्यान्न सहयोग

मन्त्री चौधरीद्वारा बाढी पीडितलाई १३ लाखको खाद्यान्न सहयोग

कहिरन समाचार

सहरी विकास मन्त्री मेटमणि चौधरीले देउखुरीका चार पालिकाका बाढी पीडितका लागि करिब १३ लाख बराबरको खाद्यान्न सहयोग गरेका छन् । डुबान क्षेत्रको अवलोकनपछि जनतालाई पहिलो चरणको सहयोग पुर्याउने उद्देश्यले देउखुरीका राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चामल उपलब्ध गराएको मन्त्री चौधरीले बताए ।

मन्त्री चौधरीले भने ‘यो ०१८ साल पछिकै ठुलो बाढी हो । यसले निकै ठुलो क्षती पुर्याएको छ । थोरै भएपनि जनतालाई सहयोग होस् भन्ने चाहेको छु । यो पालिका प्रमुख मार्फत् एकद्वार प्रणालीबाट वितरण हुनेछ ।’

दुःखमा परेका जनताले राज्य छ, स्थानीय सरकार छ भन्ने महसुस गर्नुपर्छ भन्दै सहरी मन्त्री चौधरीले क्षतिको विवरण संकलन लगत्तै स्थानीय, प्रदेश र संघीय सरकारबाट पर्याप्त राहत उपलब्ध गराइने बताए ।