निष्कासनमा परेका बागी उम्मेदवारलाई कांग्रेसको अफर

निष्कासनमा परेका बागी उम्मेदवारलाई कांग्रेसको अफर

कहिरन समाचार

सत्ता गठबन्धन दलका उम्मेदवारविरुद्ध वागी कायम रहेका उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय भएको सार्वजनिक बक्तव्य प्रकाशन गर्न कांग्रेसले असोज ३१ सम्मको समय दिएको छ । मनोनयन फिर्ता नलिने बागी उम्मेदवारलाई पाँच वर्षसम्मका लागि निष्कासन गर्ने निर्णय गरेको कांग्रेसले सार्वजनिक वक्तव्य निकालेर उम्मेदवार निष्क्रिय बनाए कारवाही नगर्ने बताएको हो ।

कांग्रेसबाट बागी उम्मेदवार बनेकाले पार्टीको कारबाहीमा नपर्न असोज ३१ गतेसम्मको सहुलियत पाएका हुन् । सहमतिविपरित उम्मेदवार दिनेलाई कारबाही गरेपनि उम्मेदवार कायमै रहेपछि कांग्रेस सार्वजनिक वक्तव्यमा उत्रेको हो ।

विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिवद्धता असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकको कारवाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पु¥याई फुकुवा गर्ने जानकारी दिएको छ ।