करिश्मा एमालेसँग असन्तुष्टि

करिश्मा एमालेसँग असन्तुष्टि

कहिरन समाचार

नेकपा एमालेबाट टिकट नपाएपछि अभिनेत्री समेत रहेकी नेतृ करिश्मा मानन्धर उर्फ सूर्यकुमारीले असन्तुष्टि पोखेकी छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा तस्बिर पोष्ट गर्दै करिश्माले टिकट नपाएकोमा असन्तुष्टि पोखेकी हुन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘विद्रोह नगर्ने स्वभाव रह्यो । नगर्दा पनि भगवानले सबै दिए । तर आज महसुस हुँदै छ !! बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो ।’ करिश्मा ललितपुर–१ की बासिन्दा हुन् ।

२०७८ साल चैत ८ गते एमाले प्रवेश गरेकी करिश्माले त्यसलगत्तै आफ्नो वास्तविक नाम सुर्यकुमारी भएको सार्वजनिक गरेकी थिइन् ।