आज उम्मेदवारको विरोधमा सूचना दिन सकिने

आज उम्मेदवारको विरोधमा सूचना दिन सकिने

कहिरन समाचार

र्वाचन आयोगले उम्मेदवारी दर्ता गरेका उम्मेदवारका विरोधमा सूचना दिनका लागि आज समय दिएको छ।

आयोगका अनुसार सोमबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारका विरोधमा सूचना दिन सकिनेछ।

निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारविरूद्ध विरोधको सूचना दिन सकिनेछ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ आइतबार मनोनयन दर्ता भएको थियो।

यस्तै आयोगले असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ। उम्मेदवारले नाम फिर्ता लिने भए असोज २६ मा समय पाउनेछन्।

असोज २६ गते साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी आयोगको छ। सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह दिइने पनि आयोगले जनाएको छ।

मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदैछ।