प्रधानमन्त्रीले पत्नी आरजुमार्फत गराए उम्मेदवारी दर्ता

प्रधानमन्त्रीले पत्नी आरजुमार्फत गराए उम्मेदवारी दर्ता

कहिरन समाचार

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी पत्नी आरजु राणामार्फत देउवाले उम्मेदवारी दर्ता गराएका हुन् ।

आरजु, जिल्ला सभापति भीबबहादुर साउद, लगायतका नेताले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरा पुगेर देउवाको मनोनयन दर्ता गराएका हुन् । प्रदेशसभा ‘ख’ मा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले मनोनयन दर्ता गराएका छन् । प्रदेशसभा ‘क’ मा माओवादी केन्द्रका नेता खगराज भट्टले उम्मेदवारी दर्ता गराएका छन् ।