चुनाव लड्दै दीपक मनाङे

चुनाव लड्दै दीपक मनाङे

कहिरन समाचार

०७४ को निर्वाचनमा प्रदेशसभाको स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका दीपक मनाङे यसपटक पनि उम्मेदवार बन्ने भएका छन् । मनाङेले  मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर खबाट उम्मेदवारी दिन लागेका हुन् ।

त्यसका लागि उनी मनाङ पुगिसकेका छन् । मनाङेलाई एमालेले समर्थन गर्न लागेको बताइएको छ ।

एमाले नेता पाल्देन गुरुङले मनाङेलाई समर्थन गर्न लागेको जानकारी दिए । हाल  मनाङे गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री छन् ।