केपी ओलीले झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गर्ने

केपी ओलीले झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गर्ने

कहिरन समाचार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गर्ने भएका छन् ।

ओली उम्मेदवारी दर्ता गर्न शनिबारै दमक पुगेका छन् । आइतबार १२ बजे दमक दमक नगरपालिकास्थित निर्वाचन कार्यालय पुगेर अध्यक्ष ओलीले उम्मेदवारी दर्ता गर्न लागेको उनको निजी सचिवालयले जनाएको छ ।

त्यस्तै एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौ निर्वाचन क्षेत्र नम्बर ५ का लागि टोखा, महासचिव शंकर पोखरेलले दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिँदैछन् ।