कांग्रेसले १० निर्वाचन क्षेत्रमा लगायो टिकटको टुंगो

कांग्रेसले १० निर्वाचन क्षेत्रमा लगायो टिकटको टुंगो

कहिरन समाचार

सत्तारूढ नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार छान्न थालेको छ। कांग्रेसले अहिलेसम्म संघीय संसद र प्रदेशसभाको प्रत्यक्षतर्फ १० ठाउँमा टिकटको टुंगो लगाएको छ।

गएराति बसेको संसदीय बोर्डको बैठकले केही ठाउँमा प्रत्यक्ष उम्मेदवारलाई टिकटको टुंगो लगाएको एक नेताले बताए।

उक्त बैठकले डडेल्धुरामा शेरबहादुर देउवा, दार्चुलामा दिलेन्द्रप्रसाद बडु, बाजुरामा बद्रीप्रसाद पाण्डे, अछाम-२ मा पुष्प शाह, मुगुमा ऐनबहादुर शाही, मनाङमा टेकप्रसाद गुरूङ र तेह्रथुममा सीता गुरूङलाई टिकट दिने निर्णय गरेको हो।

त्यस्तै जुम्लाको प्रदेश सभा (ख) मा ललितजंग शाही, तेह्रथुमको प्रदेश सभा (क) मा सन्तोष सुब्बा, ताप्लेजुङ प्रदेशसभा (ख) मा खगेनसिंह हाङ्वाङले टिकट पाएका छन्।

थप जिल्लामा आज शनिबार बैठक गरी उम्मेदवारको टुंगो लगाइने ती नेताले जानकारी दिए।