बत्तीसपुतलीमा कोइराला पक्षको चियापान

बत्तीसपुतलीमा कोइराला पक्षको चियापान

कहिरन समाचार

नेपाली कांग्रेसको शेखर कोइराला पक्षले  दसैंको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ । बिहीबार विहान काठमाडौंको बत्तीसपुतलीमा कोइराला पक्षको खबरदारी अभियानद्वारा आयोजित चियापान कार्यक्रमा शीर्ष नेता पनि सहभागी भएका हुन् ।

समान अवसर र न्यायका लागि खबरदारी अभियानमा सहभागी नभएका नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेता चन्द्र भण्डारी, सञ्जय गौतम लगायत सहभागी छन् । बुधबार दिउँसो  नेता कोइराला, महामन्त्री थापा र सह-महामन्त्री बद्री पाण्डेले खबरदारी अभियानको नेतृत्व गरिरहेका नेता गुरुराज घिमिरे, जगदीश्वरनर​सिंह केसी, भुपेन्द्रजंग शाहीसँग भेटवार्ता गरेका थिए ।

त्यसपछि आज चियापान कार्यक्रम राखिएको बुझिएको छ । कोइराला पक्षले समानुपातिक बन्दसूची सच्याउनुपर्ने र प्रत्यक्षमा न्यायोचित भाग पाउनुपर्ने माग गरिरहेको छ ।