मिश्रले आफुलाई तराजु छोडेर हलो बोक्न लाज नहुने बताए

मिश्रले आफुलाई तराजु छोडेर हलो बोक्न लाज नहुने बताए

कहिरन समाचार

राप्रपा प्रवेश गरेका रवीन्द्र मिश्रले आफुलाई तराजु छोडेर हलो बोक्न कुनै लाज नहुने बताएका छन् । आफु राप्रपा प्रवेश गर्न लाग्दा कतिपयले तराजु छाडेर हलो बोक्न लाग्नुभयो भन्दै प्रश्न गरिएको भन्दै देशमा ६० प्रतिशत नेपाली जनता कृषि कर्ममा हलो बोक्ने भएकाले आफुलाई पनि तिनै किसानको हलो बोक्न कुनै लाज नहुने बताए ।

‘यो देशमा ६० प्रतिशत मानिस कृषक छन् । ६० प्रतिशत कृषक रहेको देशमा मलाई पनि हलो बोक्न कुनै लाज छैन’, मिश्रको भनाई छ । उनले आफु पार्टीमा पदको झगडा गर्न नआएको भन्दै मुलुकलाई रुपान्तरण गर्ने अठोटका साथ आएकाले परिवर्तन गरेरै छोड्ने दावी गरे ।