आजका लागि माओवादी केन्द्र को स्थायी कमिटी बैठक स्थगित

आजका लागि माओवादी केन्द्र को स्थायी कमिटी बैठक स्थगित

कहिरन समाचार

आजका लागि नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक स्थगित भएको छ।

दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठकमा पदाधिकारी चयन र पोलिटब्युरोबारे छलफल हुने बताइएको थियो।

आजको बैठकमा नेता जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाउने कि नबनाउने भन्नेबारे पनि छलफल हुने बताइएको थियो। बैठक बस्नुअघि नै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शर्मालाई फेरि अर्थमन्त्री बनाउने निर्णय गरिसकेका छन्।

प्रचण्डले शर्माको नाम दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आजै शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गर्नेछन्। राष्ट्रपतिबाट नियुक्ति भएपछि शर्माले आजै पद तथा गोपनियताको सपथ लिने तयारी छ।

आज रोकिएको माओवादी बैठक साउन २५ गते बस्ने सम्भावना छ।