उपेन्द्र यादवले राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगर्नु संविधानको ठाडो उल्लघंन बताए

उपेन्द्र यादवले राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगर्नु संविधानको ठाडो उल्लघंन बताए

कहिरन समाचार

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगर्नु  संविधानको ठाडो उल्लघंन भएको बताएका छन् ।

प्रतिनिधि सभा र राष्ट्र सभाबाट दुई दुई पटक पारित भएर राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत गर्दा पनि प्रमाणीकरण नहुनु संविधानको उल्लघंन तथा र संसदीय लोकतान्त्रिक प्रणालीको मर्ममाथि प्रहार भएको उनले प्रतिकृया दिएका छन् ।

राष्ट्रपतिको निर्णयलाई लिएर सत्तारुढ दलहरु विरोधमा उत्रिएका छन् । यसै विषयमा थप छलफल गर्न सत्ता गठबन्धनको बैठक पनि बस्दैछ ।