गायक मुरलीधर राप्रपामा प्रवेश

गायक मुरलीधर राप्रपामा प्रवेश

कहिरन समाचार

गायक मुरलीधर राप्रपामा प्रवेश गरेका छन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार मुरलीधरलाई पार्टीमा प्रवेश गराएका हुन्।

उडायो सपना सबै हुरीलेलगायत गीतमा मुरलीधरले स्वर दिएका छन्।

मुरलीधर आज राप्रपामा प्रवेश गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

उनी सिराहाको क्षेत्र नम्बर २ वा ४ मा राप्रपाबाट प्रतिनिधि सभा उम्मेदवार बन्ने भएका छन्।

लिङ्देनले मुरलीधरलाई राप्रपामा प्रवेश गराउन पाउँदा आफू उत्साहित भएको बताएका थिए।