केपी शर्मा ओलीले प्रचण्डले आफूमाथि घात गरेको बताए

केपी शर्मा ओलीले प्रचण्डले आफूमाथि घात गरेको बताए

कहिरन समाचार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पूर्व सहकर्मी पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि घात गरेको बताएका छन्।

राजधानीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले नेकपाकालीन अवस्थामा  कार्यकारी अध्यक्षको पद दिएपछि प्रचण्डले आफूमाथिनै घात गरेको बताएका हुन। माओवादी केन्द्रका चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराउँदै उनले यस्तो बताएका हुन्।

‘मैले प्रचण्डलाई आउनुस् मित्र एकीकृत पार्टी बनाउँ बलियो वामपन्थी शक्ति बनाउँ भनेर अध्यक्ष बनाउँदै नजिक राखेँ। म एकता एकीकरण भन्ने तर प्रचण्डले मैले दिएको वरदान प्रयोग गरेर मलाई साधारण सदस्यबाट निकाले मलाई भष्म बनाउन खोजे।’

प्रचण्डले अँगालो मारेर छुरा प्रहार गरेको ओलीको टिप्पणी छ।