चिनियाँ नेता ली र तिमल्सिनाबीच भेटवार्ता

चिनियाँ नेता ली र तिमल्सिनाबीच भेटवार्ता

कहिरन समाचार

नेपाल भ्रमणमा रहेका चिनियाँ सभामुख ली चाङ्सु र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच भेटवार्ता भएको छ।

नयाँ बानेश्वरस्थित संसद भवनमा मंगलबार बिहान भेटवार्ता भएको संघीय संसद सचिवालयले जनाएको छ।

अध्यक्ष तिमल्सिनाको सचिवालयका अनुसार नेपाल र चीनको संसदका नेतृत्वसहित प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता भएको हो।

सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा रहेका लीले आज दिनभर उच्चस्तरिय भेटवार्ता गर्दैछन्।

संसद भवनमै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, त्यसपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड लगायत नेतासँग भेटवार्ता गर्दैछन्।

लि ले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

राजधानीमा ली को भ्रमणका कारण सडकमा यातायात प्रभावित भएको छ। ट्राफिक प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिसकेको छ।