रामकुमारी झाँक्री गुल्मी २ बाट सिफारिस

रामकुमारी झाँक्री गुल्मी २ बाट सिफारिस

कहिरन समाचार

नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीलाई समाजवादी गुल्मीले निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको लागि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको छ ।

समाजवादीले क्षेत्र नं. २ मा भने प्रमेश पोखरेललाई प्रतिनिधि सभा सदस्यका उम्मेदवार सिफारिस गरेको छ । वामदेव गौतम नेतृत्वको  नेकपा एकता अभियानका केन्द्रीय सदस्य पोखरेललाई  गुल्मी जिल्लाको इन्चार्ज बनाइएको छ । सह-इन्चार्जमा गणेश बिश्वकर्मा रहेका छन् ।

यसैबीच पार्टीको जिल्ला भेलाले श्रीराम महतको अध्यक्षतामा जिल्ला कमिटि पुनर्गठन गरेको छ । केही दिनअघि एकीकृत समाजवादी गुल्मीका अध्यक्ष नरेश भण्डारी र इन्चार्ज गणेश खनाल सहित ७ जना कार्यकर्ता नेकपा एमालेमा  प्रवेश गरेपछि जिल्लाको कमिटि पुनर्गठन गरिएको हो ।