मन्त्री हटाउन प्रधानमन्त्रीलाई एमालेको तीन दिने अल्टिमेटम

मन्त्री हटाउन प्रधानमन्त्रीलाई एमालेको तीन दिने अल्टिमेटम


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूहरुले उठाएको माग सम्बोधन गर्न सरकारलाई तीन दिनको अल्टिमेटम दिएको छ ।

आजकोे प्रतिनिधिसभाको दोस्रो बैठकमा एमाले सचेतक महेश बर्तौलाले यही फागुन ६ गतेको बैठकदेखि प्रतिपक्षी दलहरुले उठाएको मागलाई जवाफ दिन तीन दिनको समय दिएका हुन् ।

छानबिनले बालकुमारी घटनामा दोषी ठहर गरिएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामालगायतका विषयमा सरकारले संसदमा जवाफ नदिएको भन्दै उनले आफुहरुसंग प्रधानमन्त्रीलाई नाकमा नत्थी लगाएर संसदमा ल्याउने ताकत रहेको चेतावनीसमेत दिए ।

एमालेले टेरामक्स प्रकरणमा अख्तियारले बयान लिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र लुम्बिनी रामग्रामको जग्गा लिज प्रकरणमा संस्कृतिमन्त्री सुदन किराँतीको पनि राजीनामा मागेको छ । अब अर्को बैठक पर्सि बस्नेछ ।