लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीहरुको योजनामा बनाइने गरेको बताए

लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीहरुको योजनामा बनाइने गरेको बताए

कहिरन समाचार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीहरुको योजनामा बनाइने गरेको बताएका छन् । शुक्रवार विश्व ॐकार एकता महाअभियानको आयोजनामा काठमाडौंमा भएको ॐकार एकता राष्ट्रिय धर्म सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीहरुको चासो र योजनामा बनाइने गरेको बताएका हुन् ।

उनले नेपालको विषयमा निर्णय गर्ने कुरा विदेशीहरुको हातमा रहेको बताए । उनले मन्त्रीहरु को बनाउने र आगामी निर्वाचनमा कुन पार्टीलाई जिताउने भन्ने कुरामा पनि विदेशीहरुको चासोको विषय हुने गरेको जिकिर गरे । अध्यक्ष लिङ्देनले हिन्दु राष्ट्रको समाप्त पार्नेहरूको अभिष्ट अझैपनि पूरा भइ नसकेको टिप्पणी गरे ।

अध्यक्ष लिङ्देनले नेपाललाई कसैको माग बिना नै धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको भन्दै त्यसो हुँदा पनि हिन्दु धर्मावलम्बीहरुले कुनै बिरोध गर्न नसकेका बताए । उनले हिन्दु राष्ट्र पुनःस्थापनाका लागि ॐकार परिवारको प्रयत्न र सक्रियतालाई अझै बढाउनुपर्नेमा जोड दिए ।