कोइरालाले खेलकुदको विकासका लागि सरकारले आवश्यक बजेट छुट्याउन सकेन

कोइरालाले खेलकुदको विकासका लागि सरकारले आवश्यक बजेट छुट्याउन सकेन

कहिरन

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले खेलकुदको विकासका लागि सरकारले आवश्यक बजेट छुट्याउन नसकेको बताएका छन् । शनिवार ललितपुरमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले खेलकुदलाई प्राथमिकतामा राखेर बजेट छुट्याउन आवश्यक रहेको बताए । उनले खेलाडीलाई घोषणा गरिएको रकम सरकारले चाँडै उपलब्ध गराउनुपर्ने समेत बताए । उनले कुनैपनि देशलाई विकास गर्नका लागि खेल क्षेत्रको विकास अपरिहार्य रहेको बताए ।  उनले खेलकुदको विकास गर्नसके मात्रै युवाहरु आकर्षित हुने र अनुशासित हुने बताए । खेलकुदलाई सबै राजनीतिकर्मीहरुले महत्वपूर्ण विधाको रुपमा लिएर अघि बढ्नुपर्ने बताए ।

नेता कोइरालाले अध्ययन जत्तिकै खेलकुद पनि महत्वपूर्ण रहेको बताए । अनुशासित भएर खेल्ने हो भने खेलबाटै देशको नाम चम्किने बताए । उनले आगमी आर्थिक वर्षको बजेटमा खेल क्षेत्रको बजेट बढाउने गरी आफूहरले पहल गर्ने बताए ।