आरजु राणा सभापति रहेको समितिमा टेबल ठोकाठोक

आरजु राणा सभापति रहेको समितिमा टेबल ठोकाठोक


काठमाडौँ । खाद्य स्वच्छता विधेयकको संशोधनकर्तासँग छलफलका क्रममा सांसद र समिति सभापतिबीच वादविवाद भएको छ ।

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विधेयकमाथिको आफ्नो संसोधन राखिरहँदा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल समिति सभापति आरजु राणामाथि आक्रोशित बनेका हुन् ।

आफ्नो संशोधन राखिरहेकै बेला समिति सभापति राणाले पोइन्ट टु द पोइन्ट गर्नुस् भनेपछि सांसद सुवालले तपाईहरुलाई घोचेको कुरा मन पर्दैन, तपाईहरुलाई त सिंहदरबार कब्जा गर्न पाए हुन्छ नि भनेर प्रतिवाद गरेका हुन् ।

सांसद सुवालले सभापति राणालाई बिपी कोईरालालाई बीपी प्रतिष्ठानमा बेचेको र भ्रष्टाचारको अखडा बनाएको पनि आरोप लगाए । आक्रोशित हुँदै टेबल ठोकेका सांसद सुवालले सभापतिसँगको केही बेरको सवालजवाफपछि शान्त हुँदै पुनः आफ्नो संशोधनका बुँदा राखेका थिए ।