संसद्को हिउँदे अधिबेशन माघ २२ गते आव्हान

संसद्को हिउँदे अधिबेशन माघ २२ गते आव्हान


काठमाडौँ । संघीय संसद्को हिउँदे अधिबेशन माघ २२ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले माघ २२ गते दिउँसो ४ बजे संघीय संसद्का दुवै सदनको बैठक आव्हान गरेका हुन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को माघ ९ को सिफारिसमा राष्ट्रपति पौडेलले संसद् अधिवेशन आव्हान गरेका हुन् । अधिवशेन आह्वान र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

संसद्मा विचाराधिन अवस्थामा रहेका सत्य निरुपण तथा मेलमिलाप आयोग, विद्यालय शिक्षा, संघीय निजामती लगायतका दर्जन विधेयक हिउँदे अधिवेशनको कार्यसूचीमा रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

कानुन निर्माणको थलो संसद्मा सरकारले नयाँ विधेयकहरु समेत ल्याउने अपेक्षा संसद्ले गरेको छ । संसद्ले विजनेश पाउने नपाउने भन्ने कुरा सरकारमै निर्भर हुने संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए ।