काठमाडौं महानगरपालिकाको नगर सभा

काठमाडौं महानगरपालिकाको नगर सभा

कहिरन

काठमाडौं महानगरपालिकाको नगर सभा आइतबार भएको छ।

नगर सभाको १४ औं अधिवेशन आइतबार दिउँसो कमलादीस्थित नेपाल प्रज्ञा भवनमा भएको हो।

नगर सभामा काठमाडौं महानगरपालिका विनियोजन ऐन २०८० पहिलो संशोधन, चालु आर्थिक वर्ष ०८०/०८१ मा कार्यक्रम तथा बजेटमा संशोधन प्रस्ताव, आर्थिक ऐन, सञ्चार तथा सूचना ऐन, जनप्रतिनिधि सुविधा ऐन २०७९ पहिलो संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची छ।

नगर सभामा मेयर बालेन शाहले उपमेयर सुनिता डंगोललाई काठमाडौं महानगरपालिका विनियोजन ऐन २०८० पहिलो संशोधन, चालु आर्थिक वर्ष ०८०/०८१ का कार्यक्रम तथा बजेटमा संशोधन प्रस्ताव पेश गर्न समय दिएका छन्।