गोलपार्कदेखि पाल्पाको बसन्तपुरसम्म युवासंघको पैदलयात्रा

गोलपार्कदेखि पाल्पाको बसन्तपुरसम्म युवासंघको पैदलयात्रा

कहिरन

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुर सम्म पैदलयात्रा गरेको छ।

समृद्धिको लागि पर्यटन प्रवर्द्धन नारा दिईएको पैदलयात्राको अगुवाई नेकपा एमाले उपाध्यक्ष बिष्णु पौडेलले गरेका छन्।

पैदलयात्रा एमाले पोलिटब्युरो सदस्य लिला गिरी, माधव शर्मा, खिमलाल भट्टराई, केन्द्रिय सदस्य गोमादेवी आचार्य, प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरे, जिल्ला अध्यक्ष तेजेन्द्र केसी, युवा संघका नेता तथा कार्यकर्ताहरुको सहभागिता छ।

गोलपार्कदेखी करिब तीन किलोमिटरको पैदलयात्रा मार्फत बसन्तपुरमा पुग्न सकिन्छ। हाल लुम्बिनी केबलकार प्रालिले केबलकार संचालनमा ल्याएपछि बसन्तपुर पर्यटकीय आकर्षणको केन्द्र बनेको छ।

आयोजक राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष बिकासजंग बस्नेतले बुटवल र यस आसपास प्रयाप्त पर्यटकीय सम्भावना रहेको र तिनको प्रचार प्रसारका लागि पदयात्रा आयोजना गरिएको बताए।