कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गरे उम्मेदवारी दर्ता

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गरे उम्मेदवारी दर्ता

कहिरन

राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गरेका छन्।

सोमबार बिहान कोशी प्रदेश निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा सिटौलाले उम्मेदवारी दर्ता गरेका हुन्।

सिटौलाको प्रस्तावकमा कोशी प्रदेश सभा सदस्य प्रदीप सुनुवार र समर्थक हिमाल कार्की छन्।

उम्मेदवारी दर्ता गराएपछि सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बन्न लागेको चर्चाबारे पत्रकारहरूले सोधेका थिए।

उनले आफू पहिले संसदमा पुग्ने र त्यसपछि त्यो प्रश्नको जवाफ आउने बताए। ‘पहिला संसदमा पुगौं, त्यहाँ पुगेपछि त्यसको उत्तर आउँछ,’ उनले भने, ‘मुलुकको प्रगतिका लागि पार्टीले मलाई विश्वास गरेको छ।’