आज राष्ट्रपति  रामचन्द्र पौडेल विराटनगर आउँ

आज राष्ट्रपति  रामचन्द्र पौडेल विराटनगर आउँ

कहिरन

राष्ट्रपति  रामचन्द्र पौडेल आज ( शनिबार) विराटनगर आउँदैछन्।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गर्ने प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलालाई सम्बोधन गर्न उनी विराटनगर आउन  लागेका हुन् ।

राष्ट्रपति पौडेलले  विराटनगरमा राजनीतिक तथा औद्योगिक क्षेत्रका व्यक्तिसँग भेटघाट समेत गर्ने कार्यक्रम छ। परिसंघको कार्यक्रममा सहभागी बनेर राष्ट्रपति आजै  काठमाडौँ फर्कने आयोजक परिसङघले जनाएको छ।