नेपाली कांग्रेसको मधेस सम्मेलनमा शुक्रबार बन्द सत्र

नेपाली कांग्रेसको मधेस सम्मेलनमा शुक्रबार बन्द सत्र

कहिरन

नेपाली कांग्रेसको मधेस सम्मेलनमा शुक्रबार बन्द सत्र चलेको छ।

जनकपुरस्थित महेन्द्रनारायण निधि कला प्रतिष्ठानमा शुक्रबार बिहान ८ बजेदेखि बन्दसत्र जारी रहेको प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए।

बन्द सत्रमा महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठले राजनीतिक र सांगठनिक प्रतिवेदन पेश गरेका छन् भने कोषाध्यक्ष प्रदीय यादवले आर्थिक प्रतिवेदन पेश गरेका छन्।

बन्द सत्रमा मधेसका ८ जिल्लाबाट आठ सय २५ जना प्रतिनिधि सहभागी छन्।

सम्मेलनको सभापति शेरबहादुर देउवाले बिहीबार उद्घाटन गरेका थिए।