राप्रपाले पृथ्वी जयन्तीमा कविता प्रतियोगिता गर्ने

राप्रपाले पृथ्वी जयन्तीमा कविता प्रतियोगिता गर्ने

कहिरन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीमा कविता प्रतियोगिता गर्ने भएको छ । यही पुस २७ गते ३०२ औं पृथ्वी जयन्तीलाई राप्रपाले राष्ट्रिय एकता दिवसका रूपमा पनि मनाउनेछ ।

कविता प्रतियोगितामा ४० वर्ष ननाघेकाहरूले  भाग लिन पाउनेछन् । प्रतियोगीहरूले कवितासँगै नागरिकताको फोटोकपी पनि  पठाउनुपर्ने राप्रपाले जनाएको छ ।

कविता लेखेर पुसको १५ गतेभित्र [email protected] इमेल गर्न वा धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय आएर पनि बुझाउन सकिने प्रवक्ता मोहन श्रेष्ठले बताए ।

कविता पाँच सय शब्द नबढाई लेख्नुपर्ने हुन्छ । पहिलो हुनेलाई रु एक लाख, दोस्रोलाई ५० हजार, तेस्रोलाई २५ हजार र अन्य तीन जनालाई १०/१० हजार रुपैयाँका दरले पुरस्कार दिइने उनले बताए ।

पुरस्कृत कविता पुस २७ गते भृकुटीमण्डमा हुने समारोहमा कविहरूबाट बाचन गरिनेछ । स्वदेश र विदेशमा रहेका कविहरूले प्रतियोगितामा भाग लिन पाउनेछन् ।