राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक

कहिरन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार अपराह्न संसदीय दलको बैठक बोलाएको छ।

बैठक पार्टी कार्यालय च:मतिमा बोलाइएको सचेतक निशा डाँगीले जानकारी दिइन्। बैठक अपराह्न ४ बजे बस्ने छ।

आजको बैठकमा संसदीय दलको विधान, संसदको आगामी अधिवेशनको सम्बन्ध र विविध प्रस्तावमाथि छलफल हुने उनले जानकारी दिइन्।

कात्तिक १६ गते संसदको बर्खे अधिवेशन अन्त्य भएको थियो। हिउँदे अधिवेशन सुरू गर्ने समय भएकाले र संक्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि महत्त्वपूर्ण छलफल आवश्यक भएकाले बैठक डाकिएको रास्वपाले जानकारी दिएको छ।