दिगो विकासका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यसचिव अर्याल

दिगो विकासका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यसचिव अर्याल


काठमाडौँ । मुख्यसचिव डा.वैकुण्ठ अर्यालले दिगो विकासको लक्ष्य हासिल गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको बताएका छन् । अर्यालले भ्रष्टाचार नियन्त्रणबाट नै दिगो विकासको लक्ष्य भेट्टाउन सकिने बताए ।

शनिबार भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसलाई सम्बोधन गर्दै मुख्यसचिव अर्यालले भ्रष्टाचार र अनियमितताकै कारण आयोजना कार्यान्वयन र निर्माणमा ढिलाइ हुने गरेको बताए । त्यसले समाजमा नकारात्मक धारणा बन्दै गएको अर्यालले जिकिर गरे ।

मुख्यसचिव अर्यालले रोजगारी सिर्जना, लैङ्गिक समानता हासिल गर्न स्वास्थ्य, शिक्षाजस्ता आधारभूत सेवामा व्यापक पहुँच पुराउनका लागि पनि भ्रष्टाचारविरुद्ध पहलकदमी आवश्यक भएको जिकिर गरे ।