राप्रपाले चार महिना जनदबाबका कार्यक्रम गर्ने

राप्रपाले चार महिना जनदबाबका कार्यक्रम गर्ने


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कार्यकर्तालाई सडकमा उतार्ने निर्णय गरेको छ । बुधवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रिय कार्यसमितिको बैठकले पुस, माघ, फागुन र चैत्र महिनामा जनदबाबका कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीले पुस, माघ, फागुन र चैत्र महिनामा जनदबाबका कार्यक्रम आयोजना गर्ने बताए । उनले कार्यसमितिको बैठकले पार्टीको नियमावली पास गर्ने निर्णय गरेको बताए ।

अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको राजनीतिक मान्यता स्थापनाका साथसाथै सुशासन र विकासका लागि जन दबाबका कार्यक्रम अघि बढाउने बताए । दुर्गा प्रसाईँको आन्दोलनतर्फ संकेत गर्दै लिङ्देनले ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले अस्थिरता र अराजकताभित्र आफ्नो भविष्य नखोज्ने पनि बताए ।