दुर्गा प्रसाईंको कार्यक्रमलाई राजावादी संगठनको सहयोग गर्ने घोषणा

दुर्गा प्रसाईंको कार्यक्रमलाई राजावादी संगठनको सहयोग गर्ने घोषणा

कहिरन

दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौँमा हुने भनिएको आन्दोलनलाई राजावादी संगठन ‘वीर गोर्खाली अभियान’ले सहयोग गर्ने घोषणा गरेको छ ।

वीर गोर्खाली अभियानले एक प्रेस वक्तव्य जारी गर्दै बल्खुबाट सुरु हुने कार्यक्रममा सहभागी हुने जानकारी दिएको हो ।

अभियानले २०४७ सालको संविधान पुनर्स्थापनाको माग गर्दै अभियान सञ्चालन गर्दै आएको छ । जसअनुसार काठमाडौँ, चितवन, बुटवल, पोखरा, हेटौंडा लगायत देशभरका विभिन्न सहरहरूमा अभियानले कार्यक्रम गरिरहेको सौरभ भण्डारीले बताए ।