नेकपा एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक बस्दै

कहिरन

नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। पार्टी मुख्यालय च्यासल ललितपुरमा बुधबार दिउँसो १२ बजे बैठक बस्नेछ। जाजरकोटमा भूकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

सचिवालय बैठकले केन्द्रीय समिति बैठकको मिति समेत तय गर्ने बुझिएको छ । तिहारलगत्तै एमालेले केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ ।

केन्द्रीय कमिटी बैठकले ‘यूएमएल क्याराभान’नामक अभियानको समय तोक्ने बुझिएको छ । अभियान अन्तर्गत  एमाले नेता कार्यकर्ताहरूले मेची–महाकाली १८ सय ७९ किमी यात्रा गर्ने छन् ।

जसअन्तर्गत जनपरिचालन, जनसभालगायतका गतिविधि गर्ने एमाले नेताहरूले जनाएका छन् ।