गणेशप्रसाद तिमिल्सिना र जेरी बुटिमेरबिच भेटवार्ता

गणेशप्रसाद तिमिल्सिना र जेरी बुटिमेरबिच भेटवार्ता


काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डका माथिल्लो सदन सिनेटका अध्यक्ष जेरी बुटिमेरबिच भेटवार्ता भएको छ । अन्तर ब्यबस्थापिका संघ (आइपियु) को १४७ औं महासभाका क्रममा एङ्गोलाको संसद भवनमा उनीहरुबिच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र आयरल्याण्ड बिचको सम्बन्ध प्रगाढ बनाउन दुई देशका संसद र संसदहरुको महत्वपूर्ण भूमिका रहेको बताएको उनको सचिवालयले जनाएको छ । अध्यक्ष तिमिल्सिनाले नेपालमा हिमाल आरोहण र पदयात्रा पर्यटनमा लोकप्रिय भएकाले उल्लेख्य संख्यामा पर्यटकहरुलाई नेपाल आउने वातावरण बनाउँन सक्दा त्यसबाट नेपालको आर्थिक र सामाजिक क्षेत्रमा ठुलो सहयोग पुग्ने उल्लेख गरे ।

भेटवार्ताका क्रममा आयरल्याण्डका माथिल्लो सदन सिनेटका अध्यक्ष जेरी बुटिमेरले दुबै देशले साझा मुद्दाहरुमा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने बिश्वास ब्यक्त गर्दै आगामी दिनमा साझा सहकार्य बढाउने प्रतिबद्धता जनाए ।