कार्तिक १ गते बुधबार कोशी प्रदेश सभाको बैठक बस्ने

कार्तिक १ गते बुधबार कोशी प्रदेश सभाको बैठक बस्ने


 

 

विराटनगर । कोशी प्रदेश सभाको बैठक कार्तिक १ गते बुधबार बस्नेगरी बोलाइएको छ ।

असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको हो । प्रदेश सभा सचिवालयले आज एक सूचना जारी गर्दै कार्तिक १ गते बुधवार दिनको ११ बजे बैठक बस्ने गरी सूचना जारी गरेको हो ।

प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुली द्वारा जारी सूचनामा असोज २० गते अर्को सूचना नभए सम्मका लागि स्थगित भएको कोशी प्रदेश सभाको चौथो अधिवेशनको तेस्रो बैठक कार्तिक १ गते बुधवार बस्नेगरी बोलाइएको उल्लेख छ ।

सो बैठकमा नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री हुनु भएका केदार कार्कीले विश्वासको मत लिने सम्भावना छ ।