रास्वपाको ‘नीति मन्थन’ आजदेखि

रास्वपाको ‘नीति मन्थन’ आजदेखि

भीम विश्वकर्मा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज र भोलि नीतिमा बहस गर्ने भएको छ । पार्टिको मूल दस्तावेज निर्माणका लागि सुझाव लिन दुई दिने ‘नीति मन्थन’ कार्यक्रम गर्न लागिएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

प्रवक्ता ढकालका अनुसार नीति माथिको बहसका लागि सातवटा विषय छुट्याइएको छ । फरक फरक विषयका जानकारसँग पार्टीले विचार मन्थन गर्न पहिलो दिनमा पाँच र दोस्रो दिनका लागि दुई विषय गरी बहसका विषय छुट्याइएको ढकालले बताए ।

उनका अनुसार पहिलो दिन आज शासकीय व्यवस्था र समाजको बदलिँदो चरित्र, शिक्षा, नयाँ प्रविधि र युवा, भौतिक पूर्वाधार, वातावरण र जलवायु परिवर्तन भन्ने विषयमा विषयविज्ञहरुसंग छलफल हुनेछ ।