सायमीको नेतृत्वमा ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा हुँदै

सायमीको नेतृत्वमा ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा हुँदै

कहिरन समाचार

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारहरुले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गर्दैछन्।

संयोजक सुमन सायमीका अनुसार साझा चुनाव चिन्ह लोरो राखेर साझा घोषणा पत्र र साझा उम्मेदवारका लागि अभियान घोषणा गर्न लागिएको हो।

‘आज दिउँसो २ बजे सम्पूर्ण स्वतन्त्र तथा वैकल्पिक उमेदवारहरुको तर्फबाट साझा चुनाव चिन्ह र साझा उम्मेद्बारको घोषणा कार्यक्रम राखिएको छ’, उनले भने।

सानेपाको हेरिटेज गार्डेनमा आज दिउँसो २ बजे एक कार्यक्रमकाबीच ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरिने भएको हो।

अभियानका संयोजक सायमी गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा  स्वतन्त्र उम्मेदवार बनेका थिए।

त्यतिबेला उनले आँखिझ्याल चुनाव चिन्हबाट १३ हजार ७७० मत ल्याएर चौथो भएका थिए।

स्थानीय तह निर्वाचन पछि सायमी स्वतन्त्र अभियानमा सक्रिय छन्। सायमीले काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने यसअघि नै घोषणा गरिसकेका छन्।