शीर्ष नेताबीच गठबन्धन जोगाउने लिखित सहमति

शीर्ष नेताबीच गठबन्धन जोगाउने लिखित सहमति

भीम विश्वकर्मा

काठमाडौँ । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच गठबन्धन कमजोर नबनाउनेबारे लिखित सहमति भएको छ ।

आज बिहान कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरु समर्थन प्रमाणीकरणका लागि उपस्थित भइरहेका बेला काठमाडौंको बालुवाटारमा बसेको तीन नेताको बैठकमा यस्तो सहमति भएको हो ।

सहमतिमा भनिएको छ, ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौँ र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौँ ।’

यसअघि हिजो दिउँसो पनि कोशीको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्कीको दाबी परेको विषयमा तीन नेताबीच छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री प्रचण्ड गठबन्धन नभत्काउने शर्तमा कार्कीलाई समर्थन गर्न तयार भएका थिए ।

कार्कीलाई गठबन्धनबाटै मुख्यमन्त्रीका रुपमा अगाडि सार्ने छलफल भए पनि दाबी पेश भइसकेको सन्दर्भमा थप केही निर्णय हुन सकेको थिएन । आज भने एमालेका ३९ र कांग्रेसका ८ सांसद बिहानै प्रदेश प्रमुखको कार्यालयमा गएर कार्कीको पक्षमा सनाखत गरेपछि प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीको नियुक्ति दिएका हुन् ।

यसरी नियुक्त भएका मुख्यमन्त्रीले पनि संविधानको धारा १ सय ६८ को उपाधारा ६ अनुसार तीस दिनभित्र विश्वासको मत लिनुपर्छ ।

यस्तो छ लिखित सहमति: