सदनमा प्रधानमन्त्रीको प्रष्टिकरण: ‘भावनामा डुब्दा गल्ती बोले, अब सतर्क रहन्छु’

सदनमा प्रधानमन्त्रीको प्रष्टिकरण: ‘भावनामा डुब्दा गल्ती बोले, अब सतर्क रहन्छु’

कहिरन समाचार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै जारी संसद्को अवरोध आजदेखि हटेको छ । प्रधानमन्त्रीको राजीनामा आउँनै पर्ने अड्डी कसेको प्रमुख प्रतिपक्षी नेकपा एमाले एक साता नपुग्दै राजीनामाको अडानबाट ब्याक भएको छ ।

प्रधानमन्त्रीको राजीनामा नआउने पक्का भएपछि एमालेले स्पष्टिकरणको मौका दियो । स्पष्टिकरण दिन रोष्टममा उभिएर प्रधानमन्त्री प्रचण्डले संसद अवरुद्ध गरेर राजीनामा माग्नुको कारण बुझ्न नसकेको बताए ।

प्रतिपक्षी दलहरुको घेराबन्दीमा परेका प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह भारत गएको अभिव्यक्ति भावनामा बहकिएर दिएको भनेका छन् । उनले आफ्नो अभिव्यक्ति गलत भएको स्वीकार गर्दै भविष्यमा सर्तक हुने जवाफ दिएका छन् ।

प्रधानमन्त्रीको अभिव्यतिले देशको स्वाधिन्तामा प्रश्न उठेको भन्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्डलाई र्याखर्याख्ती नै पारेका थिए ।

प्रितम सिंहको किताब विमोचनमा आफूले प्रधानमन्त्रीको हैसियतभन्दा पनि छोरीको बुबा भएर भावनात्मक भएर बोल्न पुगेको प्रष्टीकरण दिए । उनले प्रधानमन्त्रीको हैसियतले नबोलेको भन्दै छोरी ज्ञानुको बुबा भएर बोल्न पुगेको बताए ।

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिको स्पष्टिकरण दिएसँगै प्रतिनिधिसभाको बैठक असार २९ गते बस्ने गरी स्थगित भएको छ । आजका लागि बोलाइएको राष्ट्रियसभा बैठक भने भोलिका लागि सरेको छ । बैठक भोलि बिहान ११ बजे बस्नेछ ।