सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिलेन, प्रतिनिधिसभा बैठक स्थगित

सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिलेन, प्रतिनिधिसभा बैठक स्थगित

कहिरन समाचार

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सदन चल्न दिने सहमति नभए पछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सत्तापक्ष र प्रमुख विपक्षी दललाई घनीभूत छलफल गरेर सहमतिका लागि भन्दै बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

बैठकमा सभामुख घिमिरेले भने, ‘सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर पर्सीसम्ममा सहमति गर्नुहोला । संसद अवरुद्ध हुँदा विधेयक (खासगरी मिटरब्याज सम्बन्धी) निष्क्रिय हुनु राम्रो होइन ।’

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर राजीनामा दिनुपर्ने भन्दै सदन अवरुद्ध पार्दै आइरहेको छ । प्रधानमन्त्रीले जवाफ दिने बताए पनि एमालेले राजीनामाको अडान नछोडे पछि सदन चल्न नसकेको हो । आजको राष्ट्रियसभा बैठक पनि एमालेले चल्न दिएन ।