कांग्रेसले एक वर्षपछि बोलायो केन्द्रीय समितिको बैठक

कांग्रेसले एक वर्षपछि बोलायो केन्द्रीय समितिको बैठक

कहिरन समाचार

काठमाडौं । नेपाली कांग्रेसले एक वर्ष पछि केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बुधबार बिहान सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा उपसभापित धनराज गुरुङ र महामन्त्रीद्धय गगन थापा र विश्वप्रकास शर्मासहितको बैठकले यही असार २७ गतेका लागि बैठक बोलाउने निर्णय गरेको हो ।

गत वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म बैठक बसेको थियो । कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले असार २७ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको जानकारी दिए । उनले बैठकमा निर्वाचनको समीक्षा, पार्टीका विभिन्न गतिविधिसहित समसामयिक विषयमा छलफल हुने बताए ।

गत वर्ष भदौमा बसेदेखि हालसम्म कांग्रेसको कुनै बैठक बस्न सकेको छैन । पार्टीको विधानबमोजिम प्रत्येक दुई महिनामा केन्द्रीय समिति बैठक राख्नुपर्ने प्रावधान रहेको छ ।