चुनावमा ‘नो भोट’को ब्यवस्था, समानुपातिकमा २ पटक मात्र उम्मेदवार हुन पाउने

चुनावमा ‘नो भोट’को ब्यवस्था, समानुपातिकमा २ पटक मात्र उम्मेदवार हुन पाउने

कहिरन समाचार

काठमाडौं । निर्वाचन आयोगले पहिलो पटक नो भोटको ब्यवस्था गर्ने भएको छ । आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदालाई पारित गर्दै सरकारलाई पठाउने निर्णय गरेको छ ।

आयोगले तयार गरेको विधेयकको मस्यौदामा नो भोटको ब्यबस्था गरिएको छ । यो ब्यबस्था अनुसार अब कुनै मतदाताले कुनै पनि उमेद्वारलाई समर्थन नरहेको भनी मतदान गर्न चाहेमा आयोगले त्यस्ता उमेद्वारलाई समर्थन नरहने गरी नो भोटको ब्यस्था गर्न लागेको आयोगका प्रबक्ता शालिग्राम शर्माले जानकारी दिए ।

निर्बाचन ब्यबस्थापनलाई अझ बढी स्वच्छ, निष्पक्ष, सहज र प्रभाबकारी बनाउन निर्बाचन सम्बन्धी कानुनलाई संसोधन र एकिकरण गर्न बनेको बिधेयक नेपाल सरकार गृहमन्त्रालय मार्फत संसदमा पेश गर्ने निर्णय आयोगले गरेको छ ।

आयोगले गरेका बिभिन्न २७ संसोधनमध्ये दुई पटकभन्दा बढी समानुपातिक सांसद हुन नपाउने प्रस्ताब गरिएको छ । प्रतिनिधि सभा सदस्य वा प्रदेशसभा सदस्यमा समानुपातिक निर्बाचन प्रणलीबाट दुईपटक निर्बाचित भईसकेको ब्यक्ति सोही निर्बाचन प्रणाली बमोजिम हुने निर्बाचनमा उमेद्वार हुन नसक्ने उल्लेख छ ।

आयोगले तीन तहका कुनै पनि निर्वाचनमा उम्मेदवार भई पराजित भएका व्यक्ति सम्बन्धित क्षेत्रकै उपनिर्वाचनबाहेक त्यही पाँच वर्षे कार्यकालमा अन्यत्र र अन्य कुनै तहको चुनावमा उम्मेदवार हुन नपाउने कानुनी प्रबन्धको प्रस्ताव गरेको छ ।

आयोगले ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य गर्दै विदेशमा रहेका नागरिकलाई मताधिकारलगायको नयाँ व्यवस्था गर्न समेत प्रस्ताब गरेको छ ।