बीआरआई कार्यान्वयनमा चीनको चासो

बीआरआई कार्यान्वयनमा चीनको चासो

कहिरन समाचार

काठमाडौं । चीन सरकारले बीआरआई कार्यान्वयनको विषयमा चासो राखेको छ । सन् २०१७ मा सम्झौता भएको बीआरआई कार्यान्वयनको मोडालिटीबारे नेपाल र चीनबीच छलफल मात्रै भइरहेको छ ।

बीआरआई कार्यान्वयनको मोडालिटीबारे ड्राफ्ट तयार भएर छलफल भइरहेको उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।

पाँच दिने चीन भ्रमण सकेर आइतबार स्वदेश फर्केका भएका मन्त्री श्रेष्ठले मोडालिटीलाई अन्तिम रुप दिए पछि बीआरआईबाट नेपालले फाइदा लिने जानकारी गराएको बताए । चिनियाँ पक्षले पनि बीआरआई कार्यान्वयनमा नेपाल सरकारको गरेको तयारीबारे चासो रोखेको मन्त्री श्रेष्ठले बताए ।

नेपालले सिसुवान एयरलाईन्सलाई छिन्दु काठमाडौं उडान हप्ताको सातै दिन गर्न अनुरोध गरेको छ । एयरलाईन्सले सकारात्मक बचन दिएको मन्त्री श्रेष्ठले बताए । यस्तै छेन्दु पोखरा, छेन्दु भैरहवाका लागि व्यवसायीक उडान गर्न आग्रह गरेको मन्त्री श्रेष्ठले जानकारी दिए ।

मन्त्री श्रेष्ठले चीन भ्रमणका क्रममा आफू र चीनका उपप्रधानमन्त्री लि फङबीच द्विपक्षीय भेटवार्तामा दुई देशबीचको विकास, व्यापार र लगानीका सम्भावनाको विषयमा सकारात्मक छलफल भएको बताए ।